मङ्लबार, भदौ २, २०८३
Tuesday, August 18, 2026

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

कैलाली – सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त हुनुभएकाे छ । निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो ।

नेकपा संसदिय दलका नेता समेत रहनुभएका खगराज भट्टले नेकपा एमालेकाे समर्थनमा प्रदेश प्रमुख नजिर मियाँ समक्ष दावी पेश गर्नुभएकाे थियो ।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि शुक्रबार बिहान ११ बजेसम्म दाबी पेस गर्न समय दिनु भएकाे थियो ।

दाबी पेस भएपछि प्रदेश प्रमुखले भट्टलाई शुक्रबार नै मुख्यमन्त्री नियुक्त गर्नुभएको हाे । आजै दिउँसो ३ बजे मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।

मुख्यमन्त्री नियुक्त भएलगत्तै भट्टले मन्त्रिमण्डल विस्तार गर्ने सम्भावना पनि रहेको नेताहरूले बताएका छन् । नेकपा र एमालेबीच यसअघि नै मन्त्रालयको भागबण्डामा सहमति भइसकेको छ । सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय तथा एमालेले तीन मन्त्रालयको जिम्मेवारी पाउनेछ ।

एमालेले आर्थिक मामिला, सामाजिक विकास तथा वन वा कृषि मन्त्रालयमध्ये एउटा मन्त्रालयको नेतृत्व पाउने स्रोतले जनाएको छ । यसअघि गत असार ३१ गते एमालेले बजेटप्रति असहमति जनाउँदै कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

समर्थन गुमेपछि दबाबमा परेका शाहले बिहीबार प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

मुख्यमन्त्रीमा नियुक्त खगराज भट्टले सुदूरपश्चिमका २७ लाख जनताको नेतृत्व गर्ने अवसरलाई जिम्मेवारी र चुनौतीको भारी थपिएको प्रतिक्रिया दिएका छन् ।

‘खुसी भन्दा बढी जिम्मेवारीबोध र अलि बढी चुनौतीको भारीले थिचिएको महसुस भएको छ’, भट्टले भने,  ‘सिङ्गो सदनको विश्वास लिएर २७ लाख जनताको भावलाई केन्द्रमा राखेर काम गर्नेछु ।’

उनले काम गर्नेक्रममा धेरै नै चमत्कार  सम्भव नहुने भन्दै गरेका काम राम्रा हुने बताए । ‘जे गर्नेछु राम्रो गर्ने र राम्रो गरेको अनुभूति दिलाउनेछु’, भट्टको भनाइ छ । उनले आजै अपराह्न शपथ हुने छ । शपथपछि भट्टले नयाँ मन्त्रीमण्डल विस्तार गर्नेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x