बिहिबार, जेष्ठ ७, २०८३
Thursday, May 21, 2026

एमाले अध्यक्ष ओलीले क–कसलाई दिए जिम्मेवारी ?

काडमाडाैं – गत सोमबार नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केही पदाधिकारी र केन्द्रीय सदस्यहरूको जिम्मेवारीबारे प्रस्ताव राखेका छन् । उक्त प्रस्तावबारे भोलि अर्थात् शुक्रबार बस्ने बैठकमा छलफल गरी निर्णय गर्ने  भनिएको छ ।

अध्यक्ष ओलीले गरेको प्रस्तावमा विभिन्न विभाग, प्रदेश, जिल्लालगायतका कमिटीको इन्चार्जको जिम्मेवारी प्रस्ताव गरिएको छ ।  प्राप्त डकुमेन्टअनुसार पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुखमा डा. सूर्यप्रसाद पाठकलाई प्रस्ताव गरिएको छ । त्यस्तै विज्ञान तथा प्रविधि विभाग प्रमुखमा रचना खड्का, पार्टी स्कुल विभाग प्रमुखमा शेरबहादुर तामाङ, सुशीला नेपाललाई सामाजिक सेवा विभाग प्रमुखमा प्रस्ताव गरिएको छ ।

एमाले कानुन विभाग प्रमुखमा भने पूर्वमहान्यायधिवक्ता रमेश बडाललाई प्रस्ताव गरिएको छ । यसअघि सूचना विभागको जिम्मेवारीमा रहेका राजेन्द्रप्रसाद गौतमलाई स्थानीय विकास विभागको जिम्मेवारी दिने गरी प्रस्ताव आएको छ । राष्ट्रियसभा सदस्यसमेत रहेकी रामकुमारी झाँक्रीलाई भने शहरी विकास विभाग तथा मिसन स्थानीय चुनाव गुल्मीको प्रमुख तोक्ने प्रस्ताव छ भने साहित्य कला तथा संस्कृति विभाग प्रमुखमा हेमराज राईको नाम प्रस्ताव आएको छ ।

लीलानाथ श्रेष्ठलाई मधेश प्रदेशको इन्चार्ज प्रस्ताव गरिएको छ । त्यसै गरी विनोद श्रेष्ठलाई मजदुर फाँटको इन्चार्ज, विष्णु रिजाललाई बुद्धिजीवी फाँट, शान्ता चौधरीलाई रिटर्नी फेडरेशन, लालबाबु पण्डितलाई सम्पर्क विशेष कमिटीको इन्चार्ज बनाउने तयारी छ ।

त्यस्तै रश्मि आचार्यलाई विद्यार्थी फाँट, मीनबहादुर शाहीलाई मानव अधिकार एलाइन्स, श्यामकुमार बस्नेतलाई बागमती सम्पर्क कमिटी, समिककुमार बडाललाई विद्यार्थी विशेष कमिटी, क्षितिज थेवेलाई युवा फाँट र हरिप्रसाद घिमिरेलाई भारत प्रवासको इन्चार्ज बनाउने तयारी रहेको छ ।

सचिवालय बैठकमा ओलीले राखेका प्रस्तावअनुसार सोलुखुम्बुको इन्चार्जमा पूर्व रक्षामन्त्री एवं केन्द्रीय सदस्य मानवीर राई, ओखलढुङ्गा इन्चार्जमा यज्ञराज सुनुवार, धनकुटा इन्चार्जमा राजेन्द्रकुमार राई, तेह्रथुम इन्चार्जमा विष्णुमाया विक, इलाम इन्चार्जमा राम राना, गोरखा इन्चार्जमा रामशरण बस्नेतलाई बनाउने तयारी छ ।

काठमाडौं जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य रामेश्वर फुयाँललाई काठमाडौं कमिटीको इन्चार्ज प्रस्ताव गरिएको छ । त्यस्तै रामेश्वर रानालाई मकवानपुर, रोमनाथ ओलीलाई झापा, लिलाधर भट्टलाई बैतडी, भक्तपुर इन्चार्जमा शकुन्तला श्रेष्ठ, बाँके इन्चार्जमा शान्तिदेवी ढकाललाई तोक्ने प्रस्ताव अध्यक्ष ओलीबाट आएको छ ।

योसँगै नवलपरासी इन्चार्जमा सरिता भुसाल खनाल, महोत्तरी इन्चार्जमा सरोजकुमार यादव, स्याङ्जा इन्चार्जमा सीमाकुमारी क्षेत्री, प्युठान इन्चार्जमा सूर्यबहादुर थापा क्षेत्री, रुकुम (पश्चिम) इन्चार्जमा सुशीलकुमार थापा र सर्लाही इन्चार्जमा हरिप्रसाद उप्रेतीलाई प्रस्ताव गरिएको छ ।

यीबाहेक विभिन्न जिल्ला कमिटीको जिम्मेवारी अहिले नै टुंग्याइएको छैन । एक पदाधिकारीका अनुसार यी प्रस्तावित नाम हुन् । शुक्रबारको बैठकले यसमाथि छलफल गर्दै टुंग्याउने छ भने बाँकी जिम्मेवारीका बारेमा पनि बैठकले निष्कर्ष निकाल्नेछ ।

तर, अब एमालेको पूरा ध्यान स्थानीय चुनावमा केन्द्रित हुने देखिएको छ । शिलापत्रलाई प्राप्त डकुमेन्टअनुसार अध्यक्ष अ‍ोलीले ‘मिसन स्थानीय चुनाव’ उल्लेख गरेरै केन्द्रीय कमिटीमा भएका नेताहरूलाई जिम्मेवारी तोकेका छन् । जसअनुसार सिरहामा रामरती देवी राम, धनुषामा रामचन्द्र मण्डल, सर्लाहीमा राधिका खतिवडा, अछाममा यज्ञबहादुर बोगटी, दाङमा मनुका कुमारी पोखरेल, झापामा मीना पोखरेल उप्रेती, काठमाडौंमा सीता लामा, मुस्ताङमा सम्राट गौचन लगायतलाई जिम्मेवारी दिइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x