मङ्लबार, असार २३, २०८३
Tuesday, July 7, 2026

ब्रजिलका लागि विश्वकप उपाधिको सपना फेरि अधुरै

काठमाडौं –  पाँच पटकको विश्वविजेता ब्रजिलका लागि विश्वकप २०२६ निराशाजनक रूपमा अन्त्य भएको छ। अन्तिम १६ मा नर्वेसँग २-१ ले पराजित भएपछि ब्राजिलको अर्को विश्वकप उपाधिको सपना फेरि अधुरै रह्यो।

विश्व फुटबलका सफल प्रशिक्षकमध्ये एक कार्लो एन्सेलोट्टीले टोली सम्हाले पनि यस पटक ब्रजिललाई अपेक्षित सफलता दिलाउन सकेनन्। बलमा नियन्त्रण र अवसर सिर्जना गरे पनि निर्णायक क्षणमा गोल गर्न नसक्नु तथा रक्षात्मक कमजोरी ब्रजिलको हारको मुख्य कारण बन्यो।

खेल सकिएलगत्तै अनुभवी स्टार नेयमार भावुक हुँदै आँसु झारे। उनले इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै विश्वकपमा आफ्नो नवौँ गोल पूरा गरे पनि त्यो गोल टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन।

३४ वर्षीय नेयमारका लागि यो सम्भवतः अन्तिम विश्वकप बन्न सक्ने अनुमान गरिएको छ। ठूलो अपेक्षाका साथ शुरू भएको उनको विश्वकप यात्रा व्यक्तिगत रूपमा स्मरणीय क्षणहरू भए पनि ब्रजिललाई पुनः विश्व च्याम्पियन बनाउन भने सफल हुन सकेन।

रक्षापंक्तिमा गाब्रिएल र मार्किन्होसले क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरे पनि नर्वेका एर्लिङ हालान्डलाई रोक्न सकेनन्।

पहिलो गोलमा हालान्डलाई सहज रूपमा हेड गर्ने अवसर दिइयो भने दोस्रो गोलमा पेनाल्टी क्षेत्रबाहिर पर्याप्त ठाउँ पाउँदा उनले शक्तिशाली प्रहारमार्फत खेल टुंग्याए।

आक्रमणतर्फ भिनिसियस जुनियरले केही आकर्षक प्रदर्शन गरे पनि निर्णायक प्रभाव छाड्न सकेनन्। उनले १९ वर्षीय एन्ड्रिकका लागि उत्कृष्ट पास निकालेका थिए, तर खेल ०-० रहेको अवस्थामा एन्ड्रिकले गोलरक्षकसँगको एक्लाएक्लै अवसर गुमाउँदै बल पोस्टबाहिर पठाए। त्यो अवसर गोलमा परिणत भएको भए खेलको नतिजा फरक हुन सक्थ्यो।

त्यसअघि पहिलो हाफमै ब्रुनो गुइमाराएसले पाएको पेनाल्टी पनि नर्वेका गोलरक्षक ओर्यान नाइलान्डले शानदार रूपमा बचाएका थिए। ब्रजिलका लागि त्यो खेलको सबैभन्दा ठूलो चुकमध्ये एक साबित भयो।

अब ब्रजिलले आगामी चार वर्षमा टोली पुनर्निर्माण गर्नुपर्ने चुनौती सामना गर्नेछ। एन्सेलोट्टीसँग प्रतिभाशाली युवा खेलाडीहरूको समूह भए पनि विश्वकप जित्ने टोली निर्माण गर्न अझ धेरै काम गर्नुपर्ने देखिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x