बिहिबार, बैशाख १०, २०८३
Thursday, April 23, 2026

नेप्से ५३.०१ अंकले बढ्यो, ७ अर्ब ६८ करोडको कारोबार

काठमाडाैं – आज नेप्सेमा वृद्धि भएको छ । आज बुधबार नेप्से ५३.०१ अंकले बढेर २८ सय अंक पार भएको छ । आज नेप्से २८१९.१० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२१ कम्पनिका एक करोड ४९ लाख ८६ हजार १४३ कित्ता शेयर ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ मा कारोबार भएको थियो ।

आज सबै भन्दा बढी बिकास हाइड्रोको शेयरको मुल्यमा सकारात्मक सर्किट लागेको छ भने समता घरेलु लघुवित्तको शेयर मुल्य ९.३६ प्रतिशतले बढेको छ । त्यस्तै आज ग्रीन भेन्चर लिमिटेडको शेयर मुल्य ८.०८ प्रतिशतले बढेको छ । त्यस्तै आज १०.२५ प्रतिशत केबीएल डिभेन्चर २०८६ को शेयर मुल्य सबै भन्दा बढी ५.७६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज हिमालयन रिइन्सुरेन्सको सबै भन्दा बढी ६५ करोड ४२ लाख बराबरको कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको ५० करोड ५२ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x