शुक्रबार, असार १९, २०८३
Friday, July 3, 2026

वाम खोल ओडेका अवसरवादीहरूले पार्टीविरुद्ध षड्यन्त्र गरेको माओवादीको दाबी

काठमाडौं – नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले वाम खोल ओडेका दलाल र अवसरवादीहरूले पार्टी, नेतृत्व र जनक्रान्तिको विरुद्ध न्यारनदेखिको बल लगाएर लगाइरहेको बताएका छन्।

आज एक विज्ञप्ति जारी गर्दै पार्टीका दुस्मन र विरोधीहरूको षडयन्त्रको सशक्त प्रतिवाद गर्न निर्देशन दिएका छन्।

नेकपा (माओवादी) एकीकृत जनक्रान्तिको नेतृत्व गरिराखेको देश र जनताको वास्तविक राजनीतिक प्रतिनिधि पार्टी भएको उनको जिकिर छ।

विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी साम्राज्यवादी हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधीकतको पक्षमा सङ्घर्ष गरिराखेको, नवदलाल पुँजीवादीहरूको निरङ्कुशता र फाँसीवादका विरुद्ध जनअधिकारको रक्षा एवं नेपाली जनताको समाजवादी व्यवस्थाका निमित्त अनवरत सङ्घर्षरत पार्टी र नेतृत्व हुनुले साम्राज्यवादी नवदलाल पुँजीवादी र वाम खोल ओडेका दलाल र अवसरवादीहरू हाम्रो पार्टी, नेतृत्व र जनक्रान्तिको विरुद्ध न्यारनदेखिको बल लगाएर लाएको छन्।’
पार्टी विरुद्धको अफवाहबाट सतर्क रहन पार्टी पंक्तिपंक्तिलाई आह्वान गरेको छ। विज्ञप्तिमा सङ्गठन अधिवेशन समितिका सदस्य तथा गण्डकी प्रदेशमा कार्यरत काजी गुरुङ पार्टीविरुद्ध लागेको भन्दै निष्कासन गरेको समेत जानकारी गराइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x