बुधबार, भदौ ३, २०८३
Wednesday, August 19, 2026

प्रदेश सरकार निर्माणमा आधिकारिक समर्थन नरहेको राप्रपाको भनाई

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सरकार निर्माणमा आफ्नो पार्टीको समर्थन रहेको भनी बाहिरिएका समाचारहरूको खण्डन गरेको छ । पार्टी केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै सरकार निर्माणमा राप्रपाको सहमति रहेको भन्ने विषयमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो ।

राप्रपाको गत साउन २० गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकार निर्माणको कुनै पनि ‘गणितीय चलखेल’ मा सहभागी नहुने निर्णय गरेको थियो । पार्टीले भदौ १ गते बागमती प्रदेश संसदीय दललाई सरकार निर्माणको प्रक्रियामा तटस्थ बस्न निर्देशन दिएको थियो ।

तर, पार्टीको उक्त निर्देशन विपरीत संसदीय दलका नेताले सरकार निर्माणमा समर्थन दिएको र हस्ताक्षर सार्वजनिक गरेको भन्दै राप्रपाले यसलाई गम्भीर अनुशासन उल्लंघन ठहर गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको निर्देशन विपरीत संसदीय दलको नेताले समर्थन दिएको भन्दै हस्ताक्षर सार्वजनिक हुनु गम्भीर अनुशासन उल्लंघन हो, यसबारे पार्टीको अनुशासन समितिले आवश्यक प्रक्रिया प्रारम्भ गरिसकेको छ ।’

राप्रपाले बागमती प्रदेशमा सरकार निर्माणका लागि आफ्ना सांसदहरूको समर्थन रहेको भनी प्रदेश प्रमुखलाई बुझाइएको पत्रमा पार्टीको आधिकारिक समर्थन नरहेको स्पष्ट पारेको छ । पार्टीले उक्त पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध गर्दै पत्राचार समेत गरिसकेको जानकारी दिएको छ ।

पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा पार्टीको निर्णय र नीतिबारे कुनै भ्रममा नपर्न स्वदेश तथा विदेशमा रहेका पार्टी सदस्य, शुभेच्छुक र आम जनसमुदायलाई अपिल गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x