बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिन ११ स्वास्थ्य संस्थाबाट उपलब्ध हुने

काठमाडौं – क्यान्सर उपचारमा अत्यावश्यक मानिने औषधि सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन देशका ११ वटा तोकिएका स्वास्थ्य संस्थामार्फत उपलब्ध हुने व्यवस्था गरिएको छ।

औषधि व्यवस्था विभागले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार यी इन्जेक्सनहरू क्यान्सर बिरामीहरूको उपचारका लागि आवश्यक परेमा सम्बन्धित स्वास्थ्य संस्थाबाट सहज रूपमा उपलब्ध गराइनेछ।

विभागका अनुसार औषधि लिनका लागि चिकित्सकद्वारा जारी गरिएको सक्कल पुर्जा लिएर सम्बन्धित स्वास्थ्य संस्थाका सम्पर्क व्यक्तिसँग समन्वय गर्नुपर्नेछ। यसका आधारमा बिरामीलाई आवश्यक औषधि उपलब्ध गराइने व्यवस्था गरिएको छ।

 

साथै, तोकिएका स्वास्थ्य संस्थाहरूलाई औषधिको मौज्दात तथा वितरण प्रक्रिया व्यवस्थित रूपमा अभिलेख राख्न पनि निर्देशन दिइएको विभागले जनाएको छ।

वरिष्ठ औषधि व्यवस्थापक किरणसुन्दर बज्राचार्यको हस्ताक्षर रहेको सूचनामा देशका विभिन्न सहरका अस्पताल, फार्मेसी तथा औषधि कम्पनीहरूलाई समेटिएको छ।

तीमध्ये नेपालगञ्जस्थित जानकी अस्पताल, बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल, विराटनगरको विराट मेडिकल कलेज, पोखराका बबिना फर्मा र मल्ल फार्मास्युटिकल्स, धरानको पुनम फार्मेसी, भरतपुरको राज ड्रग प्रालि तथा काठमाडौँका डिएमके फार्मास्युटिकल्स, सिजल फर्मा र अनमोल हेल्थ केयर रहेका छन्।

विभागले तोकिएका संस्थामार्फत औषधि उपलब्ध गराउने व्यवस्थाले क्यान्सर बिरामीलाई उपचारमा सहजता हुने अपेक्षा गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x