शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

चिनियाँ दूतावासाले युथ पायोनियर प्रोग्राम सञ्चालन गर्ने, नेपाली युवालाई छनौट गर्ने प्रक्रिया अगाडि बढायाे

काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासाले युथ पायोनियर प्रोग्राम (सीएनवाइपी) सञ्चालन गर्ने भएको छ ।

त्यसका लागि नेपाली युवालाई छनौट गर्ने प्रक्रिया अगाडि बढाएको छ । दूतावासले एक सूचना गरी रुचि राख्ने युवालाई आवेदन दिन आग्रह गरेको छ । नेपाली युवाले कात्तिक २९ गतेसम्म आवेदन दिन सक्ने छ ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले आफ्नो एक्समा भनेका छन्, ‘यदि तपाई अग्रगामी सोच राख्नु हुन्छ र नेपालको सामाजिक तथा आर्थिक विकासमा परिवर्तन ल्याउन चाहनु भएको छ भने कृपया आजै आवेदन दिनुहोस् ।’

आफ्नो नेतृत्व विकास, गेम चेन्जिङ सोचका साथ सामाजिक र आर्थिक विकासका लागि अगाडि बढ्न आग्रह समेत आग्रह गरेका छन् ।

यसमा १८ वर्षदेखि ३२ वर्षका युवाले मात्र निवेदन दिन पाउने छन् । उसले आफ्नो निवेदन अङ्ग्रेजी वा चाइनिज भाषामा मात्र दिन पाउने दूतावासद्वारा जारी सूचनामा उल्लेख छ । सीएनवाइपीमा छनौट भएका युवाको आन्तरिक क्षमता बढाउनका लागि प्रशिक्षणलगायत विभिन्न कार्यशाला गोष्ठी तथा भ्रमणहरू गराउनुको साथै छात्रवृत्ति पनि प्रदान गर्ने भनिएको छ । छनौट भएका युवालाई एक वर्षसम्म नेपाल–चीनका विभिन्न कार्यक्रममा सहभागी गराउनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x