महिला क्रिकेट छनोटमा नेपालको विजयी सुरुवात
काठमाडौं – एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपालको जितमा कप्तान इन्दु बर्माले ४२ र सीता राना मगरले १३ रन बनाइन्। सोनी पाख्रिनले २९ रन बनाइन् । २० रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै क्याप्टेन इन्दु र सोनीले चौथो विकेटका लागि ४५ रनको साझेदारी गरे। ओपनरद्वय सम्झना खड्का १ र पूजा महतो ९ तथा रुवी पोद्दार शुन्य रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो। रुबिना क्षेत्री गोल्डेन डक आउट भइन्।
इन्डोनेसियाका लागि निमेड सुवान्देवी र नी अरियानीले समान २ विकेट लिइन्। यसअघि मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित ओभरमा ४ विकेट गुमाएर ११३ रनको योगफल तयार पारेको थियो।
इनिङ्सकै पहिलो ओभरमा आफ्ना ओपनरलाई गुमाएको इन्डोनेसिया मध्यक्रममा सम्हालिएपछि सम्मानजनक योगफ तयार पार्न सफल भयो । उसका लागि क्याप्टेन नीपुटु आयुनन्दाले नटआउट ५६ रन बनाइन्। यस्तै नीलुह देवीले २३ रन जोडिन्।नेपालका लागि मनिषा उपाध्यायले २ र रिया शर्माले एक विकेट लिइन्।


WRITE COMMENTS FOR THIS ARTICLE