आइतवार, जेष्ठ १०, २०८३
Sunday, May 24, 2026

रास्वपाभित्रको जिल्ला विवाद चुलियो, बैठकबाटै लखेटिए सांसद

रौतहट – केही दिनअघि मात्रै बारा जिल्लाका संस्थापक अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज गरिएपछि रास्वपा बारा जिल्लाभित्रको विवाद थप गहिरिँदै गएको छ । एकातिर नेतृत्व रहेको छ भने अर्कातिर कार्यकर्ता एक आपसमा पदको लुछाचुडीमा लागेका छन् ।

नपत्याउँदो जनमत पाएको रवि लामिछानेको नेतृत्वमा रहेको  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव सिर्जना हुनुले पार्टी हावाहुरीजसरी उदाएको स्वयम् कुटाकुटकै दृक्ष्यले दर्साउँछ ।

बारामा आज होर्सोल्लाससहित कार्यकर्तादेखि केही प्रतिनिधि सभा सदस्य बैठक स्थलबाटै लखेटिएका छन् । बारा सदरमुकाम कलैयामा आयोजित बैठकमा  जिल्लाका प्रतिनिधि सभा सदस्य रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह नेता सहभागी भएका थिए ।

उनीहरूले संस्थापक पक्षलाई दबाबमा पार्न खोजेपछि विवाद चर्किएको थियो । समझदारी नभएपछि आक्रोशित कार्यकर्ताले उनीहरूलाई बैठक स्थलबाट धक्का दिएर बाहिर निकालेका थिए ।

स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । दिनभर  नाराबाजी चलेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x