समानुपातिकमा पनि रास्वपा अग्रस्थानमाः १९ लाख मत प्राप्त
काठमाडौं – फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणना पनि भइरहेको छ ।
समानुपातिकतर्फ आइतबार (फागुन २४) दिउँसो २ः ३० बजेसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १९ लाख ३ हजार १६४ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ६ लाख ४८ हजार ५४९ मत ल्याएको छ । नेकपा एमालेले पाँच लाख ४४ हजार ८ सय ४३ मत ल्याएको छ । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई लाख ५८ हजार ९ सय ४८ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ लाख ३९ हजार १ सय २२ मतसहित पाँचौँ स्थानमा छ । छैटौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीले ८३ हजार १ सय २५ मत प्राप्त गरेको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE