बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले १८ गते संघीय संसदलाई सम्बोधन गर्ने

काठमाडौं :-  प्रधानमन्त्री केपी शर्मा ओलीले १८ चैतमा संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् । कुलमान घिसिङ बर्खास्ती लगायतका विषयमा प्रधानन्त्रीले संसदमा जवाफ दिने भएका हुन् ।

अहिले चर्चाको रहेको कुलमान घिसिङको विषय र अन्य विषयमा प्रधानमन्त्रीले १८ गते जवाफ दिने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । सोही कारण पनि प्रतिनिधिसभा बैठक आइतबारसम्मलाई स्थगित गरिएको उनले जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् । सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले दलहरुका प्रमुख सचेतकहरुसँग छलफल समेत गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x