उपसभामुख हटाउने प्रयास गलत हाे – माओवादी

काठमाडौं – नेकपा माओवादी केन्द्रले सरकारले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयास गरिराखेको भन्दै त्यसको विरोधमा उत्रिने निष्कर्ष निकालेको छ ।
मंगलबार पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बनेदेखि नै गल्ती बाहेक राम्रो काम केही नगरेको बताउँदै आदिवासी जनजाति र सामाजिक सेवा गरेको महिलालाई हटाउने प्रयास गलत भएकाले त्यसको विरुद्धमा उभिने बताए ।
त्यस्तै उनले उपसभामुख रानाले नराम्रो काम गरेको भन्ने केही पनि प्रमाण नभएको भन्दै त्यो खाली कपोकल्पीत मात्र भएको बताए ।
त्यस्तै माओवादीका प्रवक्ता अग्नि सापकोटाले बैठकले सरकार अधिनायकवाद बन्दै गइरहेको र उपसभामुखलाई हटाउने प्रयास बदनियत भएको निष्कर्ष निकालेको जानकारी दिए। ‘सरकार अधिनायकवाद र तानाशाहीवादतिर जाँदै छ । उपसभामुखलाई हटाउने जमर्को भइरहेको पनि सुन्नमा आएको छ । यो बेठिक हुन्छ । सरकारको यो कदममा बदनियत देखिन्छ । त्यसैले अब अध्यक्षले सत्तारुढ र विपक्षी दलसँग पनि कुराकानी गर्नुहुन्छ ।’ त्यस्तै उनले भोलि बस्ने गरी बैठक स्थगित गरिएको बताए।
WRITE COMMENTS FOR THIS ARTICLE