सभामुखलाई स्वकीय सचिव ब्युँताउन पूर्वसभामुखहरूको सुझाव
काठमाडाैं – पूर्वसभामुखहरूले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याललाई संघीय संसद् सचिवालयलाई संस्थागत रूपमा थप सुदृढ बनाउन सुझाव दिएका छन् ।
आज सिंहदरबारमा भएको भेटमा पूर्वसभामुख देवराज घिमिरे र अग्निप्रसाद सापकोटाले संसद् सचिवालयसँगै सभामुखको निजी सचिवालयलाई पनि प्रभावकारी र बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् ।
पूर्वसभामुख घिमिरेका अनुसार, सभामुखको सचिवालय सुदृढ बनाउनु आवश्यक छ भन्ने विषयमा छलफल भएको थियो ।
उनले भने, “सभामुखको सचिवालय बलियो बनाउनु उपयुक्त हुन्छ भनेर हामीले सुझाव दियौं । धेरै कुरा हुन पाएन, तर तुरुन्त निर्णय गरेर सांसद र सभामुखहरूको स्वकीय सचिव तथा सचिवालयलाई बलियो बनाउनुपर्छ ।”
सभामुख अर्यालका प्रमुख स्वकीय सचिव मुना कुँवरका अनुसार पनि पूर्वसभामुखहरूले स्वकीय सचिवालयको सुविधा विस्तार गर्नुपर्ने सुझाव दिएका छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE