शनिबार, फाल्गुन ३०, २०८२
Saturday, March 14, 2026

मेनपावर कम्पनीहरूले जापानमा पनि श्रमिक पठाउन पाउने

जापानमा नेपाली कामदार पठाउने प्रक्रियामा महत्वपूर्ण परिवर्तन आएको छ। अब सम्पूर्ण मान्यता प्राप्त मेनपावर कम्पनीहरूले जापानमा श्रमिक पठाउन पाउने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानमा प्राविधिक अभ्यासार्थी कामदार पठाउने सम्बन्धी पुरानो निर्देशिका खारेज गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो।

मन्त्रालयले सन् २००९ मा ‘जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका २०६६’ जारी गरेको थियो। सो निर्देशिकाअनुसार ‘जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन’ (जिट्को) मार्फत मात्र नेपाली श्रमिकलाई जापान पठाउने व्यवस्था थियो। निर्देशिका खारेज भएसँगै जिट्को संस्था पनि स्वतः खारेज भएको छ।

यसअघि निर्देशिकाले तोकेका सीमित मेनपावर कम्पनीहरूलाई मात्र सूचीकृत गरी उनीहरूमार्फत श्रमिक पठाउने प्रावधान थियो। तर अब उक्त व्यवस्था अन्त्य भएसँगै अन्य श्रम गन्तव्य मुलुकहरूझैं सबै लाइसेन्स प्राप्त मेनपावर कम्पनीहरूले स्वतन्त्र रूपमा जापानमा नेपाली श्रमिक पठाउन सक्ने भएका छन्।

हाल नेपालबाट ‘टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम’ (टीआईटीपी) अन्तर्गत प्रशिक्षार्थी श्रमिकहरू जापान गइरहेका छन्। मन्त्रालयका अनुसार यो कार्यक्रम सञ्चालन गर्न अब पुरानो निर्देशिकाको आवश्यकता नरहेकाले त्यसलाई औपचारिक रूपमा खारेज गरिएको हो।

सरकारको यो निर्णयले जापान रोजगारीको पहुँच विस्तार हुनुका साथै प्रतिस्पर्धा बढ्ने, प्रक्रियामा सहजता आउने र श्रमिकका लागि रोजगारीका अवसर थप फराकिला हुने अपेक्षा गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x