बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

शिक्षकहरूद्वारा आन्दोलनका लागि फेरी सडकमा उत्रिने चेतावनी

काठमाडौं – नेपाल शिक्षक महासंघले सरकारसँग भएका सबै सहमतिलाई हुबहु सम्बोधन हुने गरी शिक्षा विधेयकको प्रतिवेदन तयार नभए झन् ठूलो आन्दोलनका लागि सडकमा उत्रिने चेतावनी दिएको छ । सोमबार महासंघले जारी गरेको विज्ञप्तिमा विगतमा भएका नौबुँदे सहमति विधेयकमा समावेश नभए अघिल्ला आन्दोलनभन्दा अझ ठूलो आन्दोलन गर्ने चेतावनी दिएको हो ।

महासंघले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अब समितिमा हुने छलफलबाट शिक्षक–कर्मचारी विरोधी प्रबन्धहरु हटाएर विगतमा भएका सबै सहमतिलाई हुबहु सम्बोधन हुने गरी सुझाव सहितको प्रतिवेदन तयार हुन आवश्यक छ । यस कार्यमा अन्यथा भए नेपाली शिक्षक–कर्मचारी २०८१/०८२ को भन्दा पनि ठूलो र बलियो आन्दोलन लिएर सडकमा आउने छन् भन्ने कुरा नबिर्सिन सम्बन्धित सबैमा आग्रह गर्दछौं ।’

महासंघले विगत चैतमा शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐनको माग राख्दै काठमाडौंमा चरणबद्ध आन्दोलन गरेको थियो। वैशाख १७ गते सरकारले महासंघसँग नौबुँदे सहमति गरेपछि आन्दोलन स्थगित भएको थियो। तर, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आइतबार पेश गरिएको उपसमितिको प्रतिवेदनले ती सहमति बेवास्ता गरेको महासंघको ठहर छ।

महासंघले आन्दोलन जुनसुकै बेला सुरू हुनसक्ने भन्दै त्यसका लागि तम्तयार रहन शिक्षक तथा कर्मचारीहरुलाई आह्वान समेत गरेको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘आवश्यकता अनुसार जुनसुकै बखत आन्दोलन हुन सक्ने भएकाले त्यसका लागि तम्तयार रहन सबै शिक्षक–कर्मचारी साथीहरुमा अनुरोध गरिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x