बिहिबार, चैत्र ५, २०८२
Thursday, March 19, 2026

नेपाली शान्ति सेनाको ‘हेड क्वार्टर’ मा आक्रमण, सबै सुरक्षित

साउथर्न लेबनानस्थित नेपाली शान्ति सेनाको हेड क्वार्टरमा आक्रमण भएको छ । शुक्रबार बेलुका  इजरायल सीमा नजिकको नेपाली शान्ति सेनाको बटालियन हेड क्वार्टरको भवन (घर) मा आक्रमण भएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।

उनका अनुसार नेपाली शान्ति सेनामाथि आक्रमण भएको भए पनि सैनिकहरु भने सुरक्षित छन् । इरान–इजरायल–अमेरिका युद्धको वर्तमान अवस्थामा नेपाली सेनाको टोली बंकरभित्र बसिरहेको समयमा आक्रमण भएका कारण सबै नेपाली शान्ति सेना सुरक्षित र सकुशल रहेको पनि प्रवक्ता बस्नेतले बताए ।

कताबाट के आएर भवनमा लाग्यो भन्ने यकिन भइनसकेको बताउँदै प्रवक्ता बस्नेतले घटनाका बारेमा संयुक्त राष्ट्र संघले छानविन गर्ने समेत बताए । उनले भवनमा भने क्षति पुगेको बताएका छन् ।

दुई हप्ता बढी समयदेखि जारी इरान, इजरायल–अमेरिका युद्धका कारण मध्य पूर्वी देशहरुमा तनाव बढिरहेको छ । अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण गरी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेपछि पश्चिम एसियामा युद्ध चर्किएको हो ।

सर्वोच्च नेता खामेनीको हत्या भएपछि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले लेबनानबाट इजरायलमा हवाई आक्रमण गरिरहेको छ । नेपाली शान्ति सैनिक माथिको आक्रमणबारे इजरायली सेनाले भने प्रतिक्रिया दिएको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x