बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ जारी

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सुरु भएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो ।

सोमबार सोहीअनुसार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो ।

तर लामिछानेका तर्फबाट बहस गर्ने वकिल प्रधानन्यायाधीश र पूर्वडीआईजी जोशीका तर्फबाट बहस गर्ने वकिल न्यायाधीश पाण्डेयका नातेदार परेपछि हेर्न नमिल्ने भएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत बुटवलले भने पुर्पक्षमा पठाएपछि उनले यसविरुद्ध पनि सर्वोच्चमा निवेदन दिएका थिए ।

त्यसैगरी सहकारी प्रकरणमा थुनामै रहेका पूर्वडीआईजी छविलाल जोशीको मुद्दा पनि न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा सुनुवाइ सुरु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x