बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

संसद्को गतिरोधबारे कांग्रेस र रावस्वपाका नेताहरूबीच छलफल जारी

काठमाडौं – नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबीच छलफल भएको छ । बिहीबार संघीय संसद भवनस्थित शंकर हलमा कांग्रेस र रास्वपा नेताहरूबीच छलफल भएको हो ।

छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक श्यामकुमार घिमिरे सहभागी छन् भने रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।

रास्वपा सांसदहरूले आफूहरूसँग छलफल नै नगर्ने भनेपछि कांग्रेस उपसभापति खड्काले छलफलको अग्रसरता लिएका हुन् ।

भिजिट भिसा प्रकरणमा रास्वपासहित प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध गर्दै आइरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x