नेपालको प्रस्ताव राष्ट्रसंघद्वारा पारित
काठमाण्डाै – संयुक्त राष्ट्रसंघले आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव पारित गरेको छ ।
राष्ट्रसंघीय महासभाले नेपालको प्रस्ताव पारित गरेपछि अब विश्वका विभिन्न देशमा हरेक वर्ष अप्रिल १५ तारिखमा आरोग्य दिवस मनाइनेछ ।
नेपालले गरेको प्रस्तावमा स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख छ ।


WRITE COMMENTS FOR THIS ARTICLE