बुधबार, फाल्गुन १३, २०८२
Wednesday, February 25, 2026

अमेरिकासमक्ष घुँडा नटेक्ने इरानी राष्ट्रपतिकाे सन्देश

काठमाडौं – इरानका राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देश अमेरिकी दबाबमा नझुक्ने स्पष्ट सन्देश दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रममा सम्झौता गर्न बाध्य बनाउन सीमित सैन्य आक्रमणको विकल्प विचार गरिरहेको बताएपछि इरानले यस्तो प्रतिक्रिया दिएको हो ।

शनिबार इरानी पारालिम्पिक टोलीलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै पेजेश्कियनले भने, ‘यी कुनै पनि कठिनाइको सामना गर्दा हामी झुक्ने छैनौँ ।’ विश्व शक्तिहरू इरानलाई दबाबमा पार्न एकजुट भइरहेको आरोप पनि उनले लगाए । ‘तपाईँहरूले कठिनाइमा टाउको नझुकाएझैँ हामी पनि यी समस्यामा झुक्दैनौँ,’ उनले थपे ।

खाडी क्षेत्रमा तनाव उच्च भइरहेका बेला अमेरिकाले मध्यपश्चिमा दुई वटा विमानवाहक जहाज र दर्जनौँ लडाकु विमानसहित आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ ।

यसले दुई देशबिच सम्बन्ध थप संवेदनशील बनेको छ । यसैबिच, इरान र अमेरिकाबिच तेहरानको परमाणु कार्यक्रमबारे अप्रत्यक्ष वार्ता यस महिनाको सुरुमा ओमानमा पुनः सुरु भएको थियो । गत साता स्विट्जरल्यान्डमा दोस्रो चरणको वार्ता पनि सम्पन्न भयो । दुवै पक्षले वार्तालाई समग्रमा सकारात्मक भने पनि ठोस उपलब्धि हासिल हुन सकेको छैन ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले कूटनीतिक समाधान आफ्नो पहुँचभित्र रहेको बताएका छन् । उनका अनुसार इरानले आगामी दुईदेखि तीन दिनभित्र मस्यौदा सम्झौता अन्तिम रूप दिएर वाशिङ्टन पठाउने तयारी गरिरहेको छ ।

यद्यपि अमेरिकी सैन्य दबाब र इरानको कठोर अडानबिच आगामी वार्ताले निर्णायक मोड लिन्छ कि लिँदैन भन्नेबारे अनिश्चितता कायम रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x