बुधबार, जेष्ठ २०, २०८३
Wednesday, June 3, 2026

प्रतिनिधि सभा बैठक बस्दै, अवरोध कायमै राख्ने विपक्षीको तयारी

काठमाडौं – प्रतिनिधि सभा बैठक सोमबार पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख डोलप्रसाद (डीपी) आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।

त्यसैगरी, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची छ ।

बैठकमा आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्ने बताइएको छ ।

तर, नेपाल–भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको विवादित अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अवरोध कायमै राख्ने विपक्षी दलहरूको तयारी छ ।

‘हामीले यसअघि नै प्रधानमन्त्रीको विवादित अडान संसदको रेकर्डबाट हटाउन माग गरेका हौँ। तर हाम्रो कुरा सुनुवाई भएको छैन,’ विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले भने,‘सुनुवाई नभएसम्म संसद अवरोध कायमै रहन्छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x