शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

कांग्रेस बैठक, महाधिवेशनको सुनिश्चितता र चुनावी तालमेलबारे छलफल

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आन्तरिक कार्यतालिकाबारे महत्त्वपूर्ण निर्णयहरू हुने सम्भावना छ ।

बैठकको मुख्य एजेन्डा आगामी पुस २६ देखि २९ गतेसम्मका लागि तय गरिएको १५औँ महाधिवेशनको तयारी रहेको बताइएको छ । यसका साथै, आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको रणनीतिका विषयमा पनि केन्द्रीय नेताहरूबीच गहन छलफल हुनेछ।

मुख्यसचिव पौडेलले कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको जानकारी दिए। भदौको जेन-जी आन्दोलन र त्यसपछिको राजनीतिक परिवर्तनको पृष्ठभूमिमा बस्न लागेको यो बैठकलाई कांग्रेसभित्र र बाहिर निकै चासोका साथ हेरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x