मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

लामिछानेको सुशासन भाषणसँगै धरौटी स्रोतमाथि प्रश्न, ३ करोडको स्रोत किन खुलाएनन् ?

काठमाडौं सहकारी ठगीसम्बन्धी चारभन्दा बढी मुद्दामा पुर्पक्षमा जेलमा रहे पनि अदालतको आदेशबमोजिम झण्डै २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएर छुटेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शनिवार आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेर सुशासनको चर्को भाषण गरे ।

धरौटीमा रिहा भएसँगै उनी सुशासनको चर्को हुँकारसहित सार्वजनिक मञ्चमा देखिए तर उनले आफूले धरौटी बुझाएको त्यति धेरै रकमको स्रोत खुलाउने जमर्को गरेनन् ।

बाहिर बसेरै मुद्दा लड्न पाउने गरी धरौटीमा बाहिर निस्केका लामिछानेले त्यति धेरै धरौटी रकम के कसरी जुट्यो भन्ने विषयमा हालसम्म कुनै सार्वजनिक स्पष्टीकरण दिएका छैनन् । जसले गर्दा ‘सुशासनको नारा लगाउने रविले ३ करोड हाराहारीको धरौटी रकमको स्रोत जनतासामु किन खुलाउन सकेनन् ?’ भन्ने अहम् प्रश्नले थुप्रै आशंकाहरू जन्माइरहेको छ ।

विगतदेखि नै अपारदर्शिताको आरोप खेप्दै आएका लामिछानेले यसपटक सुशासनको झण्डा अझ उचो उठाएपछि बहस झन् चर्किएको हो । फलस्वरूप ‘जय सुशासन’को व्यंग्य, सामाजिक सञ्जालमा देखिन थालेको छ ।

लामिछाने रिहा भएलगत्तै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, २ करोड ७४ लाख ८४ हजार धरौटीको स्रोत खुलाउनुहोला । जय सुशासन ।’

यो व्यंग्यसँगै सामाजिक सञ्जाल दुई ध्रुवमा विभाजित भएको छ समर्थकले रिहाइको खुशीयाली मनाउँदै गर्दा आलोचकले भने ‘सुशासनको राजनीति गर्नेले पहिलो हिसाब आफैंबाट दिनुपर्छ’ भन्दै प्रश्न उठाएका छन् ।

सुशासनलाई राजनीतिक ब्रान्ड बनाएर उदाएका लामिछानेबाट रोलमोडल आचरण अपेक्षित हुन्छ तर धरौटीको स्रोतबारे मौनता, चर्का भाषण तर आफैंप्रति पारदर्शिता अभाव, युवाको आन्दोलनमा समर्थन तर विध्वंसमा अस्पष्टता, यी सबैले सुशासनको नारामाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ ।

त्यसैले रविका कार्यकर्ताबाहेक अन्य जनताले भनिरहेका छन् ‘गर्जनभन्दा पहिले जवाफ चाहिन्छ । सुशासन भाषणले होइन, पारदर्शिताले प्रमाणित हुन्छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x