शुक्रबार, बैशाख ११, २०८३
Friday, April 24, 2026

योग र ध्यानलाई समाजमा फैलाउन सके भ्रष्टाचार हट्नसक्छ – मन्त्री महावीर पुन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैलाउन सके भ्रष्टाचार हट्नसक्ने बताउनुभएको छ । विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्नुहुँदै मन शुद्ध बनाउने कुरा योग र ध्यान भएको बताउनुभयो । मन शुद्ध नभए लोभ, लालसा, घमण्ड पैदा हुने र भ्रष्टाचार मौलाउने बताउनुभयो ।

भ्रष्टाचार हटाउने औषधी बन्न नसक्ने, तर योगले मन शुद्ध बनाउने भएकाले भ्रष्टाचार हट्नसक्ने बताउनुभयो । योग ध्यानलाई गाउँगाउँमा पुर्‍याउनका लागि सबैले प्रयास पनि आग्रह गर्नुभयो । योग, ध्यानको कुरा विद्यालयमा अतिरिक्त क्रियाकलापको माध्यमबाट पुर्‍याउन आफूले निर्देशन दिइसकेको बताउनुभयो ।

योग र ध्यान पढाउने नभई गराउने विषय भएको र विद्यालयमा शुक्रबारको दिनलाई पढाउने नभई अतिरिक्त क्रियाकलप गर्ने दिनको रुपमा अघि बढाउनेबारे कुरा उठाएको दाबी गर्नुभयो । मन्त्री पुनले ध्यान र योग गर्नु भनेको मनलाई शान्ति र शुद्ध गर्नु रहेको बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x