मङ्लबार, साउन १९, २०८३
Tuesday, August 4, 2026

‘रास्वपाको कार्यकर्ता हिन्दुवादी हुन पाउँछन्’-मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद मनिष झाले रास्वपाका सदस्यहरूलाई व्यक्तिगतरूपमा हिन्दूवादी अभियानमा आबद्ध हुन कुनै रोक नभएको बताएका छन्।

आइतबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिन्दू सम्राट सेनाको तर्फबाट सरकारसँग भएको वार्तामा सहभागी एक प्रतिनिधि रास्वपाका सदस्य रहेको स्वीकार गरे। उक्त विषय सार्वजनिक भएपछि पार्टीको आलोचना भए पनि त्यसलाई अनावश्यकरूपमा विवादको विषय बनाइएको उनको भनाइ थियो।

झाका अनुसार कुनै पनि व्यक्तिले राजनीतिक दलको सदस्य रहँदै आफ्नो धार्मिक आस्था र त्यससँग सम्बन्धित अभियानमा सहभागी हुन पाउनु व्यक्तिगत स्वतन्त्रताको विषय हो। वार्तामा सहभागी भएकै आधारमा प्रश्न उठाउनु उचित नहुने उनले बताए।

‘हाम्रो पार्टीका सदस्यमध्ये एकजना हिन्दूवादी अभियन्ता पनि हुनुहुन्छ। उहाँ रास्वपाको सदस्य हुनु र हिन्दूवादी अभियानमा सक्रिय हुनु एकअर्कासँग बाझिने विषय होइन। त्यो उहाँको व्यक्तिगत स्वतन्त्रता हो,’ उनले भने, ‘हामीले उहाँलाई आन्दोलनलाई हिंसात्मक दिशामा लैजानुभन्दा संवादमार्फत समाधान खोज्ने प्रक्रियामा सहभागी गराएका हौँ। सरकारसँग वार्तामा बस्नु कुनै पनि नागरिकको अधिकार हो। आन्दोलन भनेकै तोडफोड, आगजनी वा हिंसामा सीमित हुनुपर्छ भन्ने सोच गलत हो।’

उनले रास्वपामा कुनै भातृ संगठन नभए पनि पार्टीका सदस्यहरूले आफ्नो धार्मिक आस्था खुला रूपमा राख्न सक्ने र त्यससँग सम्बन्धित अभियानमा व्यक्तिगत हैसियतमा सहभागी हुन सक्ने स्पष्ट पारे। त्यस्ता व्यक्तिहरू आवश्यक पर्दा सरकारसँग हुने वार्तामा समेत सहभागी हुन सक्ने उनले बताए।

सांसद झाले रास्वपाका सदस्य वार्ता टोलीमा रहेकै कारण आन्दोलनलाई हिंसात्मक मोडमा जान नदिई संवादमार्फत समाधान खोज्ने वातावरण बनेको दाबी गरे। उनका अनुसार हिन्दू सम्राट सेनाका प्रतिनिधिसँग सरकारले करिब साढे नौ घण्टा लामो वार्ता गरेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x