सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026

जेनजी घाइतेलाई निर्वाह भत्ता दिने सरकारको निर्णय

काठमाडाैं – सरकारले २३ र २४ भदौमा भएको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिलाई मासिक रूपमा निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। घाइतेहरूको अपाङ्गता र चोटको गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता प्रदान गरिनेछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८२ कार्यान्वयनमा आएसँगै प्रक्रिया अघि बढाइएको हो ।

कार्यविधिअनुसार स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित प्राविधिक समितिले घाइतेलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर गरी चार वर्गमा वर्गीकरण गर्नेछ। मध्यम घाइतेलाई मासिक ४ हजार, गम्भीरलाई ९ हजार र अति गम्भीर घाइतेलाई जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार उपलब्ध गराइने व्यवस्था छ । साधारण घाइतेलाई भने नगद राहतको व्यवस्था छैन । भत्ता महँगीका आधारमा पुनरावलोकन गर्न सकिने प्रावधान पनि कार्यविधिमा राखिएको छ।

घाइतेहरूको सिफारिस जिल्ला प्रशासन कार्यालयले गर्ने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणीकरण गर्ने व्यवस्था छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x