शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026

रास्वपाले समानुपातिक उमेदवारका आकांक्षीबाट ८१ लाख २५ हजार रुपैयाँ संकलन गर्‍याे

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उमेदवारका आकांक्षीबाट ८१ लाख २५ हजार रुपैयाँ संकलन गरेको छ । पार्टीका तर्फबाट समानुपातिक उमेदवार बन्न चाहनेसँग रास्वपाले आवेदन आह्वान गरेको थियो । आवेदन दिन प्रतिव्यक्ति २५ हजार रुपैयाँ शुल्क तोकिएको थियो ।

रास्वपाका प्रवक्ता मनिष झाले मंसिर मसान्तसम्म ३२५ जनाले आवेदन दिएका विवरण बिहीबार (पुस ३) सार्वजनिक गरेका छन् । रास्वपामा हालसम्म परेको ३२५ आवेदनबाट २५ हजारका दरले शुल्क उठाउँदा ८१ लाख २५ हजार रुपैयाँ संकलन हुने हुन्छ ।

बुधबार र बिहीबार बसेको रास्वपाको बैठकबाट आवेदन लिनेक्रम क्रम जारी राख्ने निर्णय गरिएको छ । “प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को समानुपातिकतर्फको उमेदवारका लागि मंसिर मसान्तसम्म कुल ३२५ आवेदन प्राप्त भएको र आवेदन प्राप्त हुने क्रम जारी नै रहँदा प्राप्त आवेदकहरूको अगाडिको प्रक्रिया प्रारम्भ गर्दै जाने निर्णय गरियो,” प्रवक्ता झाले निर्णयबारे भनेका छन्, “आवेदकहरूलाई सातै प्रदेशमा छलफलका लागि पुस ५ गते आमन्त्रण गर्ने र छलफल सहजीकरणका लागि समानुपातिकतर्फ उमेदवारी आवेदन नदिएका केन्द्रीय समितिका सदस्यहरूलाई बिभिन्न जिम्मेवारी तोक्ने निर्णय गर्‍याे ।”

रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति समानुपातिकतर्फ शुल्क तिरेर आवेदन दिएकाले प्रत्यक्षतिर निवेदन दिन चाहेमा पुस ५ गतेभित्र जानकरी गराउन भनेको छ । समानुपातिकतर्फ शुल्क तिरेकाले प्रत्यक्षको उमेदवार बन्न रकम तिर्नु नपर्ने रास्वपाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x