शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

कांग्रेस पार्टी निर्वाचनमा जान आतुर छ – डा शेखर कोइराला

काठमाण्डाैं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् ।

मोरङको सुन्दरहरैंचाका स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा डा. कोइरालाले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताए ।

‘संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो,’ डा. कोइरालाले भने, ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशङ्का समेत जन्मिएको छ ।’

सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाई थियो । ‘दलका केही नेतालाई काठमाण्डु बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन् यसबारेमा सरकारले के सोचेको छरु,’ कोइरालाले प्रश्न गरे ।

उनले निर्वाचनका लागि जुट्न पार्टी पंक्तिलाई निर्देशन पनि दिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x