नेपाली कांग्रेसका चन्द्र भण्डारीले सभापतिमा उम्मेदवारी दिने
काठमाडाैं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले १५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित। तर देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म–जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव , समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ ।’ उनले उल्लेख गरेका छन् ।
कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेसँगै अहिले कांग्रेसका नेताहरूले विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । सभापतिमा कांग्रेस महामन्त्री गगन थापाले पनि उम्मेदवारी दिने जनाइसकेका छन् । अन्य कांग्रेस नेताहरूले पनि विभिन्न पदमा उम्मेदवारी दिने तथा आफ्नो पक्षमा माहोल बनाउनेतर्फ केन्द्रित भइरहेका छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE