बिहिबार, कार्तिक ६, २०८२
Thursday, October 23, 2025

गीतसंगीत मञ्चको चमक होइन, माटोको सुगन्ध हो– सिर्जना के.सी.

सानै उमेर देखि गीत–संगीत भने पछि हुरुक्कै हुने सिर्जना के.सी. स्कुलमा हुने हरेक सांगितिक कार्यक्रमहरुमा कहिले कविता, कहिले गीत तथा नृत्यमा नछुटाई सहभागिता जनाउँथिन् । स्कुल पढ्दा ताका सुरिलो स्वरमा गीत गाउने भएकाले साथीहरुको समूहमा तारीफको पात्र बन्थिन उनी, जुन सिर्जनाका लागि साँगीतिक क्षेत्रमा लाग्ने हौसलाको मुख्य स्रोत बन्यो ।

गाईवस्तु चराउँदै, घरबारीको कार्य गर्दै हुर्किएको एउटा बालिका, जसको सपना भने तराइ जस्तै समथल र पहाड जस्तै उच्च थियो, गीत संगीतको संसारमा आफ्नो छुट्टै पहिचान बनाउने । पुरानो गित संगीतलाई मुटुदेखि माया गर्ने एक सरल र मिजासिलो कलाकार हुन् । कतिपयले उनलाई गाउँघरमै नचिने पनि हाल उनका गीत बजारमा आउन थाालेपछि को हुन् सिर्जना भनेर खोज्न भने थालेका छन् । उनको स्वर, संघर्ष र साधनाले प्रमाणित गर्न थालेको छ । गीतसंगीत सधैँ मञ्चको चमक होइन, माटोको सुगन्ध हो । त्यस सुगन्धको मौन तर चम्किलो नक्षत्र बन्दै गएकी छन् । उनी भन्छिन्– ‘संगीतमा उमेर हुँदैन । जति उमेर ढल्दै जान्छ, त्योभन्दा बढी गीत संगीतको भोको हुँदै गईन्छ ।’

गीतमा राष्ट्रिय भावनाले ओतप्रोत नेपाली सेनाको सन्दर्भ होस वा प्रकृति, सृष्टि, प्रेम, रोमान्स, ट्रयाजेडी, संस्कृति एवं सँस्कारको हरेक वस्तुलाई गीतसंगीतमा ढाल्न सक्नुपर्ने बताउँदै साहित्य तथा संगीत एक अर्काका परिपूरक हुन । एक अर्काको अभावमा दुबै अधुरा वा निरस प्रतीत हुन्छन् । दुवैमध्ये कुनै एकसँग एकाकार हुँदा स्वतः अर्काको अप्रत्यक्ष उपस्थिति महशुस हुन्छ ।

शब्दहरूको मोहक संगमबाट मर्मस्पर्शी गीत सिर्जित हुन्छ, र सात सुर तथा सरगमको संगमबाट सुमधुर संगीत प्रवाहित हुने बताउँदै उनी भन्छिन्– साहित्यले अन्तरात्मा ज्ञानको ज्योति जलाउँछ भने संगीतले गहिरो संवेदना तथा भावनाका सबै पहलूलाई जागृत गर्दछ ।
प्रकृति र जीवन भोगाइले मिश्रित रूपमा गीतकारलाई सिर्जनातर्फ प्रेरणा दिएका हुन्छन् । आफ्नो वरिपरि भइरहेका घटनाको गहिराइमा डुबेर गीतको रचना गर्दा छुट्टै सन्तुष्टि प्राप्त हुने भन्दै उनी थप्छिन्–साहित्य र संगीतको उर्जा नै मनुष्यका कोमल तथा प्रणयको सेरोफेरोमा घुम्ने भावना नै हुन् । राष्ट्रप्रतिको प्रेम, समाजमा देखिने पीडादायी घटनाले यस सम्बन्धी गीत सिर्जना गर्ने प्रेरणा दिन्छ ।

गीत–संगीत, साहित्य त मानव जीवनको प्राण नै हो । यसको वर्तमान जति चम्किलो छ, भविष्य त्यसरी नै उज्जवल रहन्छ । यो त सदावहार फूलबारी हो जो विश्वभरि फैलिएको छ । मानिसको रुचिमा समय परिस्थिति अनुसार परिवर्तन आउनु छुट्टै कुरा हो ।
मौसमी प्रवृत्तिले गीत–संगीतका मधुरता, उसको अनन्त विस्तारमा कुनै प्रतिकूल प्रभाव नपार्ने भन्दै उनी भन्छिन्– कुनै कुनै गीतले त मुटु कलेजो नै निचोरेर बाहिर ल्याइदिए जस्तो अनुभव हुन्छ । एक अब्बल गीत बन्नको लागि भाव, प्रस्तुति र संगित सबैको राम्रो मिश्रण आवश्यक हुन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x