बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

ठिमीमा संस्कृति र सम्पदा उजागर गर्दै जेसुम अभियान

भक्तपुर : भक्तपुर– पदयात्रा, स्थानिय कला, सँस्कृति, सम्पदा अवलोकन अनि सिर्जना । चित्रकारले क्यानभासमा, साहित्यकारहरुले शब्दमा अनि रंगकर्मीहरुले अभिनयमा ।

स्थानीय सम्पदा र संस्कृृतिलाई सिर्जनाका माध्यमबाट प्रबद्र्धन गर्ने र समाजमा सकरात्मकता फैलाउने उदेश्यले स्रष्टाहरुको एक स्वतन्त्र समुहको अगुवाईमा सातबर्ष अघि ‘जेसुम यात्रा’ नामक अभियान शुरु भएको थिए । यो अभियानको पछिल्लो श्रृंखला भक्तपुरस्थित सम्पदा शहर मध्यप्र थिमिमा सोमबार सम्पन्न भएको छ ।

विहान ८ बजे मध्यपुर थिमीस्थित शंखधर साख्वा चोकमा भेला भएका साहित्यकार, लेखक, पत्रकार र चित्रकारहरुको समुहले थिमि उकालो हुँदै मल्कालीन बालकुमारी मन्दिर, लोकेश्वर, लायकु दरबार, गंगा महारानीको पालामा निर्मित निगूपुखू (दुई पोखरी), दिगु भैरव, सिद्धिकाली, चापाचो (पोटरी स्क्वायर) अवलोकन गरेको थियो ।

त्यसपछि गार्चा हुँदै नगदेशको तिकीझ्याः (सुनको आँखी झ्याल), सिद्धिगणेश, बोडेस्थित पलेस्वाँ पुखू (कमल पोखरी), पाँचो गणेश (जिब्रो छेड्ने जात्राको उद्गम स्थल) लगायतको सम्पदा क्षेत्र अवलोकन गर्दै स्रष्टाहरुको समुह कुमारी मन्दिर पार्क पुगेको थियो ।

मध्यपुर थिमि नगरपालिकाका पुर्व प्रमुख मदन सुन्दर श्रेष्ठ र राष्ट्रिय विभुति शंखधर शाख्वा प्रतिष्ठान अध्यक्ष ज्ञानराम श्रेष्ठले थिमिको सम्पदा, संस्कृति, जात्रा परम्परा र इतिहासबारे स्रष्टाहरुलाई प्रष्ट्याउँदै पथ प्रदर्शकको भुमिका निर्वाह गर्नुभएको थियो । कुमारी मन्दिर पार्कमा पुगेपछि चित्रकारहरुले क्यानभास रंग्याउन थाले भने साहित्यकारहरुले कविता कोर्न थाले । ‘बाहिर देखिने थिमि अर्कै, भित्र देखिने थिमि अर्कै रहेछ’ जेसुम यात्राको परिकल्पनाकार एवं संस्थापक संयोजक कवि अनिता लामाले भन्नुभयो, ‘थिमि भित्र पसेपछि इतिहासको कुनै कालखण्डमा पसेको अनुभुति भयो ।’

बुढानिलकण्ठ नगरपालिका उप–मेयर समेत रहनुभएका साहित्यकार अनिता लामाले व्यस्तताको बावजुद पनि समाज, राष्ट्र र राष्ट्रिय संस्कृतिलाई चिन्न जेसुम यात्रालाई निरन्तरता दिइरहेको बताउनुभयो । बौद्ध र नेवार सभ्यता मिसाएर कविता लेख्नुभएकी लामालाई पछ्याउँदै जेसुम यात्राको संस्थापक समेत रहेका प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पनि थिमिको सांस्कृतिक सम्पदामाथि अनुभव मिसाउँदै कविता सुनाउनुभयो ।

यही क्रमलाई वरिष्ठ साहित्यकार स्नेह सायमी हुँदै कवि रामगोपाल आशुतोष, अस्मिता मानन्धर, फूलमान वल, घनश्याम खड्का, दिपेन्द्र बनेपाली, रजनी मिला, ज्ञानराम श्रेष्ठ र सातपटकसम्म निरन्तर जिब्रो छेडेका संस्कृतिप्रेमी बुद्धिकृष्ण वागाः श्रेष्ठ लगायतले सिर्जना सुनाउनुभयो।

त्यस्तै चित्रकारहरु चन्द्रा श्रेष्ठ, दिपेन्द्रमान बनेपाली, सरितादेवी मण्डल लगायतले थिमिको सम्पदालाई क्यानभासमा उतार्नुभयो । चन्द्राले मन्दिरलाई पृष्ठभुमि राखेर कुची चलाउनुभयो भने दिपेन्द्रमानले स्नेह सायमीको कविता ‘चश्मा र आँखा’ लाई थिमिको सम्पदासित जोडेर दृश्यमा उतार्नुभयो । सरितादेवी आफैमा मिथिला चित्रकार हुन्हुन्छ, यसपटक भने उहाँले मिथिला र थिमिको जनजीवन र कृषि परम्परालाई मिथिला इफेक्ट दिएर क्यानभास सजाउनुभयो ।

‘गजब रहेछ जेसुमको सौन्दर्य’, कविता सुन्दै चित्र अवलोकन गरिसकेपछि मध्यपुर थिमिका पुर्व मेयर मदन सुन्दर श्रेष्ठले भन्नुभयो, ‘यो अभियानबारे धेरैपटक सुनेको थिएँ, आज सहभागी हुन पाएँ । यस्तो सकारात्मक अभियानलाई सबैले सघाउनुपर्छ । हामी आजका सबै सिर्जना समेटेर किताब निकाल्न तयार छौं ।’

अभियानका संस्थापकमध्ये एक बालकृष्ण बस्नेतले काभ्रेको धुलिखेलस्थित हजार सिँढीबाट शुरु भएको अभियान नगरकोट, धनकुटा, बुढानिलकण्ठ, चन्द्रागिरी, अनन्त लिंगेश्वर लगायत विभिन्न थलो हुँदै थिमि आइपुगेको बताउनुभयो । ‘मौलिक संस्कृति, कला, साहत्यि प्रबद्र्धन गर्दै, समाजमा गलत ढंगले फैलाउन थालिएको नकरात्मकता हटाई नेपाली राष्ट्रिय संस्कृति निर्माणको यो एउटा पाइला हो’, बस्नेतले भन्नुभयो ।

यात्रामा स्रष्टा लक्ष्मी माली, शशी लुमुम्बु, अनन्त वाग्ले, जयन्ती स्पन्दन, कल्पना श्रेष्ठ, नन्दु उप्रेती, रजनी मिला, सुन्दर शिल्पकार, रामदत्त मिश्र, डम्बर मिश्र, संगीतकार अशोक राई, वसन्त मुकारुङ लगायत सहभागी हुनुहुन्थ्यो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x