आइतवार, मंसिर २१, २०८२
Sunday, December 7, 2025

१५औं महाधिवेशनमा सभापति बन्ने गगनकाे दाबी

सर्लाही – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आगामी १५औं महाधिवेशनमा सभापति बन्ने उद्देश्य स्पष्ट रूपमा सार्वजनिक गरेका छन्।

सर्लाहीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफ्नो उम्मेदवारीबारे आन्तरिक छलफल चलिरहेको र द्रुत गतिमा तयारी अघि बढाइसकेको जानकारी दिए।

थापाका अनुसार पार्टीभित्र नयाँ सोच, प्रभावकारी नीति र परिवर्तनकारी नेतृत्वको माग धेरैले राखिरहेका छन्, जसले आफूलाई सभापति बन्न आवश्यक जिम्मेवारी लिन प्रेरित गरेको छ।

उनले भने, ‘महाधिवेशनको प्रक्रिया अघि बढ्दै छ। नेतासाथीहरूसँग गम्भीर विचार–विमर्श भइरहेको छ। छलफल सकिएपछि औपचारिक घोषणा हुनेछ, तर म सभापति पदका लागि प्रतिस्पर्धामा उत्रिने निर्णय गरिसकेको छु।’

थापाले निकट भविष्यमा व्यापक दौडाहामा निस्किने तयारी अन्तिम चरणमा पुगेको बताए।

उनले भने, ‘पूर्वदेखि पश्चिमसम्म कार्यकर्ता र जनतामाझ पुग्ने योजना बनाइएको छ। सुरुवाती चरणमा राजमार्ग नजिकका करिब २०–२२ जिल्ला समेटिनेछन्।’

थापाले राजनीतिक दलहरू निर्वाचनका लागि तयार रहेको तर निर्वाध वातावरण निर्माण गर्नु सरकारको जिम्मेवारी भएको पुनः दोहोर्‍याए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x