मङ्लबार, पुस १, २०८२
Tuesday, December 16, 2025

मंसिर १२ मा जेनजीको कार्यक्रमः सरकारका सबै मन्त्रीलाई निम्तो

काठमाडौं – जेनजी २.० राष्ट्रिय अभियानले शहीदहरुको स्मृतिमा मौनधारण कार्यक्रम आयोजना गर्ने भएको छ ।

आईतवार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री ओमप्रकाश अर्याललाई माईतीघरमा हुने उक्त कार्यक्रममा निमन्त्रणा गरेको हो ।

उनीहरुले हालका राष्ट्रिय शैक्षिक स्वास्थ्य, उर्जा, युवासम्बन्धी मुद्दा तत्काल सम्बोधन गर्न पनि माग गरेका छन् ।

सरकारका प्रतिनिधिहरुको उपस्थितिले युवाहरुको मनोबल बढाउने, शहीदको सपनामा सरकारको प्रतिवद्धता झल्काउने उनीहरुको ठहर छ । कार्यक्रममा सरकारका सबै मन्त्रीहरुलाई बोलाउने कार्यक्रम रहेको अभियानले जनाएको छ ।

२३ गतेको घटनाका दोषीहरुलाई कारबाही हुनुपर्ने माग गरिएको उनीहरुले बताए । २३ गतेका अपराधीहरुलाई समातेपछि मात्रै २४ गतेको आगजनी, तोडफोड गर्नेहरुलाई समात्न आग्रह गरेको बताएका छन् । जेनजी नै अहिलेको सरकारको पर्खाल भएको उनीहरुको दाबी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x