बिहिबार, फाल्गुन २८, २०८२
Thursday, March 12, 2026

प्रतिनिधिसभा निर्वाचनमा १२० दलले प्रतिष्पर्धा गर्दै

काठमाडौं –  २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि १२० दलले दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगले यसअघि १० मंसिरसम्म दल दर्ताको समय दिएकामा समय थप गर्दै १४ मंसिर आइतबारसम्म दर्ता गर्न पाउने व्यवस्था गरेको थियो ।

आइतबारसम्म निवेदन दिएका दलले मात्रै चुनावमा भाग लिन पाउनेछन् । योसँगै निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन र एकल चुनाव चिह्न प्रयोग गर्न दिएका निवेदन टुंग्याएर कानुनबमोजिम योग्यता पुगेका दलहरूलाई मंसिर २० गतेसम्ममा स्वीकृति प्रदान गरिसक्ने आयोगले जनाएको छ । ।

२३ र २४ भदौको जेनजी आन्दोलनको बलमा केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । सो सरकारले प्रतिनिधिसभा विघटन गर्दै २१ फागुनमा चुनावको घोषणा गरेको थियो । नयाँ चुनाव घोषणापछि २५ वटा नयाँ दल आयोगमा दर्ता भएका छन् । यससँगै आयोगमा दर्ता भएका दलको संख्या १४३ पुगेको छ ।

नयाँ दर्ता भएका दलमा ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा उज्यालो नेपाल पार्टी, धरानका मेयर हर्कराज राई नेतृत्वमा श्रम संस्कृति पार्टी, रेशम चौधरीको संरक्षकत्वमा नागरिक उन्मुक्ति पार्टी, बुद्ध एअरका सञ्चारक वीरेन्द्र बस्नेतकोे समर्थनमा गतिशील लोकतान्त्रिक पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) छन् ।

यस्तै, जेनजी आन्दोलनका घाइते राजेश प्रतेलको नेतृत्वमा राष्ट्रिय परिवर्तन पार्टी, रियाज अहमद शेषको नेतृत्वमा राष्ट्रिय जनमत पार्टी, अकबर खानको नेतृत्वमा राष्ट्र निर्माण दल, तत्कालीन संसद योगेन्द्र मण्डल नेतृत्वमा राष्ट्रिय उर्जाशील पार्टी नेपाल, प्रशान्त सिंहको नेतृत्वमा पिपुल फस्ट पार्टी, सत्यवानकुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी, रत्नप्रसाद श्रेष्ठको नेतृत्वमा नागरिक सर्वोच्चता पार्टी दर्ता भएका छन् ।

यसैगरी अधिवक्ता रमण कर्णको नेतृत्वमा जनादेश पार्टी, गणेशकुमार मण्डलको नेतृत्वमा सार्वभौम नागरिक पार्टी, श्रृषा केसीको नेतृत्वमा नागरिक सेवा पार्टी, सविन सिग्देलको नेतृत्वमा प्रगतिशील पार्टी, जनमत फुटेर जनस्वराज पार्टीले मान्यता नपाएपछि दीपककुमार साहले खोलेको सर्वोदय पार्टी पनि दर्ता भएका छन् ।

यस्तै, पूर्वआइजिपी सर्वेन्द्र खनालको नेतृत्वमा समुन्नत पार्टी, मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल, सुधन गुरुङको समर्थनमा नेपाल जनसेवा पार्टी दर्ता भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x