नागरिक उन्मुक्तिमा बास्तोलालाई कार्यबाहक अध्यक्षको जिम्मा

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ चौधरीले स्वास्थ्य समस्या र उपचारको आवश्यकता देखाउँदै केही समयका लागि पार्टी अध्यक्षको जिम्मेवारीबाट अलग हुने घोषणा गरेकी छन् ।
उनले पार्टीको गण्डकी प्रदेशका वरिष्ठ नेता शिव वास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको पत्रमार्फत जानकारी दिएकी छन् ।
श्रेष्ठले जारी गरेको पत्रमा भनिएको छ, ‘मेरो स्वास्थ्य अवस्था विगत केही दिनदेखि अस्वस्थ रहेको र हालको अवस्थाका कारण पार्टीको गतिविधिमा पूर्ण रूपमा संलग्न हुन समयमै यहाँ प्रभाव पार्न सक्छ ।’
त्यसैले पार्टीको नियमित कार्य सञ्चालन र महत्वपूर्ण निर्णय प्रक्रियामा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले उनले कार्यवाहक अध्यक्ष तोकिएको जनाएकी हुन् ।
पार्टीको विधान २०७८ को धारा १० को उपधारा १ को व्यवस्था अनुसार श्रेष्ठले शिव वास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेको पत्रमा उल्लेख गरिएको छ ।
‘पार्टीको संगठन निर्माण तथा पार्टी गतिविधिलाई सफलतापूर्वक अगाडि बढाउनु हुनेछ भन्नेमा म विश्वास लिएको छु,’ पत्रमा भनिएको छ ।
श्रेष्ठको अनुपस्थितिमा पार्टीको सम्पूर्ण अधिकार, निर्णय प्रक्रिया, र संगठनात्मक संयोजनको जिम्मा वास्तोलाले निर्वाह गर्नेछन् ।
उनले स्वास्थ्यमा सुधार भएपछि फेरि जिम्मेवारी सम्हाल्ने जनाएकी छन् ।
पोखरा लिचीघारीको जग्गा हिनामिनाका लागि घुस डिल भएको प्रकरणमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अख्तियारको अनुसन्धानमा छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE