आइतवार, बैशाख ६, २०८३
Sunday, April 19, 2026

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्ने भएको छ । पदाधिकारी बैठक सोमबार मध्यान्ह १२:३० बजेका लागि बोलाइएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने पदाधिकारी बैठकमा केन्द्रीय समितिमा पेश गरिने महाधिवेशनको कार्यतालिकाको एजेण्डामा छलफल हुने भएको छ । पदाधिकारी बैठकबाट कार्यतालिकामा सहमति जुटेपछि केन्द्रीय समिति बैठकमा पेश गरिने भएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस अन्तिम साता १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका आजको बैठकमा पेश गर्ने भएका छन् । महाधिवेशन चुनाव अघि वा पछिको विवादले कांग्रेसको केन्द्रीय समितिको बैठक ६ मंसिरदेखि स्थगित हुँदै आएको थियो ।

सभापति शेरबहादुर देउवा स्वयं पुसभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन तयार भएपछि केन्द्रीय समिति बैठकमा निणायार्थ प्रस्ताव पेश गरिने भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x