आइतवार, मंसिर २१, २०८२
Sunday, December 7, 2025

नेपालले हङकङलाई दियो २७१ रनको लक्ष्य

यूएईमा जारी एसिसी यू–१९ प्रिमियर कपमा नेपालले हङकङ चाइनालाई २ सय ७१ रनको बलियो लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७० रन बनायो ।

नेपालका लागि अशोक धामीले उत्कृष्ट अर्धशतकीय पारी खेले । ५१ बलमा तीन चौका र चार छक्काको मद्दतमा उनले ७३ रन बनाए ।

त्यस्तै, दिलसाद अलीले ३२, सिब्रिन श्रेष्ठले २५, वंश क्षेत्रीले २४, निरजकुमार यादवले २२, रोशन विश्वकर्माले २१ तथा दर्श सोनारले अविजित ४५ रन जोडे ।

हङकङका लागि बलिङमा डेनियल म्याप र अभिमन्यू गणेशनले दुई/दुई तथा प्रीत के मङ्गुकिया र आफताब हुसेनले एक/एक विकेट लिए ।

जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । नेपालले पहिलो खेलमा साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x