शुक्रबार, कार्तिक २१, २०८२
Friday, November 7, 2025

वर्तमान सरकार असंवैधानिक, प्रगिगामी संविधान मिचुवा, हाहुको भरमा बनेको हो – ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई असंवैधानिक र प्रतिगामी सरकार भनेका छन् ।

एमाले शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार काठमाडौंमा आयोजित केपी ओलीसँग अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले कार्की संविधान मिचेर प्रधानमन्त्री बनेको आरोप लगाए ।

अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि आफू केयर टेकेर प्रधानमन्त्रीको हैसियतले राष्ट्रपतिलाई संविधानको रक्षक र पालक भएकाले संविधान भित्रैबाट निकास खोज्न सिफारिस गरे पनि त्यसविपरित संसद् बाहिरबाट प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गरिएको भन्दै त्यो प्रतिगामी कदम भएको बताए । साथै उनले यस कदममा एमाले संलग्न नभएको समेत दाबी गरे ।

उनले भने, ‘असंवैधानिक सरकार, कुनै संविधानले नगर्नु भनेको ठाउँमा, प्रधानन्यायाधीश (प्रधानमन्त्री) हुन मिल्दैन । मानव अधिकार आयोगमा बाहेक कुनै जागिरमा मिल्दैन । जानीजानीकन पूर्व प्रधानन्यायाधीश भएको मानिस आफैंले संविधान मिचेर प्रधानमन्त्री हुन तयार, यो भनेको सोझै असंवैधानिक, प्रगिगामी संविधान मिचुवा, हाहुको भरमा बनेको सरकार हो ।’

अध्यक्ष ओलीले जेनजी आन्दोलनपछिको परिवर्तनलाई शोकल्ड भन्दै प्रतिगामी क्रियाकलाप भएको दाबी गरे । उनले संविधान मिचिएको, पेलिएको र अर्थहीन बनाउने काम एमालेलाई स्वीकार्य नहुने बताए । सार्वभौम जनताका सर्वोच्च संस्था प्रतिनिधि सभा विघटन गर्न कुनै दफाले नदिएको भन्दै उनले यो लोकतन्त्र विरोधी कदम भएको बताए ।

कुनै सभ्य समाजमा डिस्कर्डबाट प्रधानमन्त्री नचुनिने तर्क गरे । ‘शासनमा डिस्कर्डबाट पुगेको अरे, दुनियाँको कुनै सभ्य समाजमा डिस्कर्डबाट प्रधानमन्त्री बन्छन् ?,’ उनले थपे, ‘डिस्कर्डबाट भोटिङ पनि गरेको अरे, २/३ हजार केटाकेटीहरू डिस्कर्डमा जम्मा भए अनि भोटिङ पनि गरेको रे ! कसले गन्यो त्यो ? मतपत्र कस्तो थियो ? रेजा लगायो कि प्वाल पार्‍यो अमेरिकामा जस्तो ? के गर्‍यो ? त्यस्ता हावाको भरमा बनेको हाहुको सरकार ।’

उनले ज्ञानेन्द्रको शासनविरुद्ध संघर्ष गरेर आएको एमाले अहिलेको २ दिने अराजकतासँग नझुक्ने टिप्पणी गरे । ‘२४ गतेको आगजनी र तोडफोडको बलबाट बनेको सरकार यो कुनै संविधानअनुसार बनेको होइन जनअनुमोदनबाट बनेको होइन’ उनले भने, ‘यसको वैरभाव लोकतन्त्रसँग छ । संविधानसँग छ, जनताको प्रतिनिधित्वसँग छ, लोकतान्त्रिक प्रणाली र प्रक्रियासँग छ, संसद र प्रतिनिधिसभासँग छ ।’

‘राजतन्त्रकालीन प्रतिगमन देखिने भए पनि अहिलेका प्रतिगमनकारी अदृश्य रहने उनले तर्क गरे । अदृश्य रहने, कमजोर, कुनै ग्राउन्ड नभएका, इतिहास न परम्पराको टेको, न जनसमर्थनको आधार केही पनि नभएका’ उनले भने, ‘हाहुमा आगो लगाएको भरमा, लुटेको भरमा तोडफोड गरेको भरमा, अराजकता आतंक मच्चाएको भरमा आतंकारी अभ्यास गरेको भरमा बनेको सरकार ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x