काठमाण्डाैं, – नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारकै कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको छ । सोमबार बसेको माओवादी पदाधिकारी बैठकले दुई दलीय सरकारको कुशासनका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको हो ।
प्रतिगामीहरू सक्रिय भए पनि नेपाली जनतालाई धेरै प्रभाव भने नपरेको बैठकको निष्कर्ष छ ।
जनता लोकतन्त्रको पक्षमा रहेकाले यसको विकल्प उन्नत लोकतन्त्रमात्रै हुन सक्ने पार्टीको निष्कर्ष रहेको प्रवक्ता अग्नि सापकोटाले बताए ।
संघीयतासहितको परिवर्तन मन नपराउनेले सरकारको कुशासनका कारण फेरि टाउको उठाउन खोजेको बैठकको निष्कर्ष रहेको प्रवक्ता सापकोटाले बताए । ‘राजतन्त्र फर्कने कुनै सम्भावना छैन’, उनले भने ।
बैठकले संघीय संस्दका साथै सातै प्रदेशका संसद्हरूमा माओवादीले शसक्त भूमिकासहित जनताका समस्या उजागर गर्ने निर्णय गरेका छ ।
आधारभूत विचार मिल्ने गणतन्त्र पक्षधरहरूको प्रदर्शन गर्ने निर्णय गरेको हो। बैठकको मिति भने मंगलबार अपराह्न ४ बजे बस्ने पदाधिकारी बैठकले तय गर्ने छ ।
बैठकमा ‘जनतासँग माओवादी अभियान’को प्रारम्भिक समीक्षा भएको छ । झापा देखि रौटहटसम्म आइपुग्दा जनतामा नयाँ जागरण पैदा भएको र हाललाई स्थगित अभियान अर्को महिना पुनः सुरू गर्ने माओवादीले जनाएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE