नेकपा विप्लवले नयाँ कम्युनिस्ट केन्द्र बनाउने

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नयाँ कम्युनिस्ट केन्द्र बनाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको बैठकले महासचिव विप्लवको राजनीतिक प्रस्ताव सर्वसम्मत पास गर्दै नयाँ केन्द्र बनाउने निर्णय गरेको हो।
बैठकले आगामी निर्वाचन, पार्टी एकता, कम्युनिस्ट केन्द्र, सरकारप्रतिको धारणा, आगामी कार्यक्रमलगायत विभिन्न महत्त्वपूर्ण प्रस्तावमा निर्णय गरेको स्थायी समिति सदस्य अनिल शर्माले बताए।
बैठकका निर्णय आगामी कार्तिक २ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने तयारी गरेको छ।
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा आबद्ध एकीकृत समाजवादी, नेकपा र महेन्द्र यादव नेतृत्वको नेसपासँग तिहारलगत्तै एकता हुने दाबी गरेका छन्। तर नेकपाको बैठकमा नेताहरूले माओवादीसँग एकताको विषय उठेको भएपनि ठोस निर्णय नगरेको जनाइएको छ।
WRITE COMMENTS FOR THIS ARTICLE