शनिबार, कार्तिक ८, २०८२
Saturday, October 25, 2025

नेपाललेआईसीसी टी-२०मा चिरप्रतिद्वन्द्वी युएईसँग प्रतिस्पर्धा गर्दै

आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले आइतबार चिरप्रतिद्वन्द्वी युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह चरणमा जापान र कुवेतलाई हराएको नेपालले सुपरसिक्सको पहिलो खेलमा युएईसँग खेल्न लागेको हो । खेल ओमानको राजधानी मस्कटस्थित अल अमारतमा नेपाली समयअनुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ । चरणमा अपराजित नेपाल र ओमानको सुपर सिक्समा समान २ अंक छ ।

पछिल्लो पाँच भेटमा नेपाल ३ र युएई २ खेलमा विजयी भएको थियो । टी-२०आई वरियतामा युएई १६औँ स्थानमा छ भने नेपाल १८औँ स्थानमा छ । दुवै टोली आजको खेलमा जित निकाल्दै सुपर सिक्समा विजयी सुरुवात गर्ने योजनामा हुनेछन् ।

सुपर सिक्समा नेपाल र युएईसँगै ओमान, जापान, कतार र सामोआ छन् । शीर्ष तीनमा रहने टोलीले विश्वकप खेल्नेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x