शुक्रबार, कार्तिक ७, २०८२
Friday, October 24, 2025

इजरायल र हमास बीच युद्धविराम, सबै बन्धक मुक्त गर्ने सहमति

काठमाडौं – इजरायलले हमाससँग युद्धविरामसहित बाँकी सबै बन्धकहरू मुक्त गर्ने उद्देश्यले तयार गरिएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शुक्रबार बिहान विज्ञप्ति जारी गरी यस विषयमा जानकारी दिएको हो ।

सरकारले जीवित र मृतक सबै बन्धकहरूको मुक्तिका लागि सहमति भएको ढाँचा स्वीकृत गरेको विज्ञप्तिमा भनिएको छ ।

यो प्रस्तावलाई पर्याप्त मत प्राप्त भए पनि इजरायली मन्त्रीहरू इतामार बेन-गभिर र बेजालेल स्मोट्रिचजस्ता कट्टरपन्थी नेताहरूले यसको विरोधमा मतदान गरेका थिए ।

सम्झौता अनुसार सरकारको अनुमोदनसँगै युद्ध तुरुन्त अन्त्य हुनेछ । सबै सैन्य गतिविधि, जसमा हवाई र तोप बमबारी तथा लक्ष्य निर्धारण कारबाहीहरू रोक्का गरिनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वीय दूत स्टीभ विटकफ र उनका ज्वाईं जारेड कुश्नर पनि उक्त मन्त्रिपरिषद् बैठकमा उपस्थित थिए ।

सम्झौताअनुसार हमासले इजरायली फौज फिर्ता भइसकेको ७२ घण्टाभित्र २० जना जीवित बन्धक र २८ जनाको शव फिर्ता गर्नेछ । यसको साटोमा इजरायलले करिब २,००० प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्नेछ ।

तीमध्ये करिब २७० जना इजरायली नागरिकमाथि आक्रमणमा संलग्न अभियोगमा दोषी ठहरिएका छन् भने बाँकी करिब एक हजार सातसय जना गाजाका बासिन्दा हुन्, जसलाई बिना मुद्दा पक्राउ गरिएको थियो । तीमध्ये २२ जना १८ वर्षमुनिका किशोर छन् । साथै, इजरायलले तीन सय ६० जना गाजाली लडाकुहरूको शव पनि फिर्ता गर्नेछ ।

यो ऐतिहासिक युद्धविराम सम्झौता इजीप्टको शर्म एल-शेखमा तीन दिनसम्म चलेका अप्रत्यक्ष वार्ताबाट भएको हो, जसमा अमेरिका, इजीप्ट, कतार र टर्कीले मध्यस्थता गरेका थिए ।

दुई वर्षदेखि जारी इजरायली आक्रमणले गाजालाई पूर्णरूपमा ध्वस्त पारेको छ । स्थानीय स्वास्थ्य निकायका अनुसार, युद्धका कारण हालसम्म ६७ हजारभन्दा बढी पालेस्तिनीले ज्यान गुमाएका छन् र लाखौँ मानिस भोकमरी र मानवीय सङ्कटमा परेका छन् । एजेन्सी

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x