बिहिबार, माघ २२, २०८२
Thursday, February 5, 2026

जुर्मुराउन थाले पुराना पार्टीका कार्यकर्ता, माइतीघरमा प्रदर्शन गर्दै

काठमाडौं – पुराना राजनीतिक पार्टीका कार्यकर्ता जुर्मुराउन थालेका छन् । विभिन्न मागहरू अघि सार्दै केही कार्यकर्ताहरूले माइतीघर-बबरमहल क्षेत्रमा प्रदर्शन थालेका हुन् ।

सुरुदेखि नै जेन जी आन्दोलनलाई सहजीकरण गरिरहेको ‘हामी नेपाल’ले भनेको छ, “माइतीघर क्षेत्रमा अहिले भइरहेको प्रदर्शन पुराना राजनीतिक पार्टीका कार्यकर्ताको अग्रसरतामा सुरु भएको कुरा स्पष्ट पार्न चाहन्छौँ । हामी राष्ट्रका युवाहरूलाई उक्त प्रदर्शनमा भाग नलिन आग्रह गर्दछौँ ।”

नेपाली सेनाले जारी गरेको कर्फ्यु आदेश १० बजेदेखि लागु भइसकेको छ । यस्तो अवस्थामा सुरक्षाका लागि सम्पूर्ण जेन-जी लगायत आम सर्वसाधारणलाई घरभित्रै बस्न र त्यस खाले गतिविधिमा साथ नदिन समेत आग्रह गरिएको छ ।

“हामीले यही समयमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको सवालमा जेन जीले देखाएको सकारात्मक प्रतिक्रिया ग्रहण गर्दै प्रशंसा गर्न चाहन्छौँ । तपाईँहरूले देखाउनु भएको समर्थन हामीले खोजीरहेको परिवर्तनको भावना हो,” हामी नेपालको सूचनामा भनिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x