राप्रपाका सबै सांसदले राजीनामा दिने घोषणा

काठमाडौं – जेन-जी आन्दोलनकारीका कारण देश अनिश्चिततातर्फ धकेलिइरहेका बेला प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै सांसदले राजीनामा घोषणा गरेको बताएका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजीनामा दिनका लागि उच्चस्तरीय परामर्श थालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनले संविधानको औचित्य नै समाप्त भएकाले सांसद रहिरहन उचित नदेखिएकाले राजीनाको तयारी थालिएको बताए । सम्भवतः आजै राजीनामा हुने बताइएको छ। संघ र प्रदेशका समेत सबै ४२ जना सांसदहरूले राजीनामा घोषणा गरेको बताएका छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE