बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पहिचानको संरक्षनार्थ लागी परेका ब्यक्तित्व हुन ताराकान्त चौधरी

आफ्नो कला संस्कृति, परम्परा, तथा पहिचानको संरक्षनार्थ लागी परेका ब्यक्तित्व हुन ताराकान्त चौधरी । वर्तमान अवस्थामा थारू जातिहरूको आर्थिक तथा सामाजिक स्तर जुन रूपमा हुनुपर्ने हो, त्यस्तो नभएका कारण अधिकांश थारूहरू अरुको थिचोमिचो र शोषणमा परेको बताउने ताराकान्त थारुका बिविध बिषयमा केन्द्रित रहेर नेपाली चलचित्र निर्माणमा लागेका छन् ।

आफ्नै लेखन, निर्देशन तथा संगितमा निर्माणाधिन चलचित्र “नौता” (निम्ता) मार्फत कलाकारितालाई निरन्तरता दिने बताउँछन् ।
थारु समुदाय संस्कार भित्रको प्रचलनलाई मूल कथामा केन्द्रित रहेर निर्माण हुने उक्त चलचित्र उदयपुर, सप्तरी, सिराहा, सुनसरी, मोरङ्ग झापा लगायतका क्षेत्रमा छायाङ्कन गरिने जानकारी गराए ।

बहुजाति बहुभाषी र बहुसाँस्कृतिक व्यक्तित्वहरूको बसाइं रहेको नेपालमा थारु संस्कार र संस्कृतिको आफ्नै पहिचान छ । थारु जातिहरूका गरिबी, विवशता, संघर्ष, आन्दोलन र पिडा मडारिरहन्छन् । पश्चिमी संस्कृतिको सिको गर्दै युवाले आफ्नो परम्परा, संस्कृति र पहिरन भुल्दै जान थालेकोमा चिन्ता ब्यक्त गर्ने ताराकान्त आफ्नो मौलिकता जोगाउनु पर्नेमा जोड दिन्छन् ।

करिव आधा दर्जन प्रादेशिक चलचित्रहरुमा कलाकारिता प्रदर्शन गरि सकेका ताराकान्त गीत गायन र रचनामा पनि उत्तिकै क्रियाशिल छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x