बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बागमती प्रदेशका छैटौँ मुख्यमन्त्रीमा बानियाँ नियुक्त

हेटौडा – बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् ।

बानियाँले कांग्रेस र नेकपा एमालेका गरी ६४ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा पेश गरेको दाबीअनुसार आज संविधानको धारा १६८ (२) अनुसार उनलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्ति गरेका हुन् ।

बानियाँ मकवानपुरबाट मुख्यमन्त्री हुने दोस्रो सांसद हुन्, संस्थापक मुख्यमन्त्री पौडेल पनि मकवानपुरबासी हुन् । बानियाँ ४ मंसिर २०७० मा भएको संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

दुईपटक संघीय सरकारमा राज्यमन्त्री भइसकेका उनी बागमती प्रदेशका छैटौँ मुख्यमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x