बुधबार, फाल्गुन २०, २०८२
Wednesday, March 4, 2026

आगामी चुनाव सामान्य नभई देशको दिशा तय गर्ने अवसार भएकाे नारायणकाजी श्रेष्ठकाे दावी

सर्लाही – नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आगामी निर्वाचनलाई सामान्य आवधिक चुनावका रूपमा नलिन आग्रह गर्दै ‘यो चुनावले देशको भविष्य र दिशालाई निर्णायक रूपमा निर्धारण गर्ने’ बताएका छन्।

सर्लाही-३ क्षेत्रमा आयोजित चुनावी भेटघाट तथा सम्बोधन कार्यक्रममा श्रेष्ठले मतदातालाई अपिल गर्दै भने, ‘यो चुनावमा केवल भोट हालेर मात्र पुग्दैन, हाम्रो एक-एक मतले नेपालको भविष्य बनाउने वा बिगार्ने क्षमता राख्छ।’

श्रेष्ठले पार्टीले निरंकुश शासन अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न निर्णायक भूमिका खेलेको उल्लेख गरे। उनले दलित, जनजाति, महिला, मधेसी, मुस्लिम, किसान-मजदुर तथा पिछडिएका क्षेत्रका समुदायको अधिकार सुनिश्चित गर्न संविधानमार्फत समावेशीकरण र समानताको आधार निर्माण गरिएको दाबी गरे।

उनले संघीयता आएपछि केन्द्रमा मात्र सीमित सरकार अब प्रदेश, स्थानीय तह र वडा तहसम्म विस्तार भएको भन्दै जनताका सेवा–सुविधा आफ्नै ठाउँबाट पाउन सकिने व्यवस्था स्थापित भएको बताए।
भ्रष्टाचार नियन्त्रण र सुशासनबारे बोल्दै श्रेष्ठले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करी लगायतका मुद्दामा कारबाही अघि बढाइएको बताए। ‘भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नै पार्टीका नेता-कार्यकर्तासमेत कारबाहीमा परे,’ उनले भने।

मिटरब्याज पीडितको समस्यालाई गम्भीर सामाजिक मुद्दा भन्दै श्रेष्ठले पीडितलाई न्याय दिलाउन आयोग गठन, कानुनी प्रक्रिया र प्रशासनिक पहल गरिएको उल्लेख गरे।

श्रेष्ठले राजनीतिक परिवर्तनपछि अबको मुख्य कार्यभार शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा, आवास, खानेपानी, बिजुली, सडक तथा सिँचाइ जस्ता जनजीवनका आधारभूत समस्या समाधान गर्दै विकास र समृद्धिको दिशामा अघि बढ्नु रहेको बताए।

अन्त्यमा उनले संविधान, गणतन्त्र, संघीयता, समावेशीकरण र सुशासनको रक्षा गर्न आफ्नो पार्टीलाई समर्थन गर्न आग्रह गर्दै सर्लाही-३ का मतदातालाई तारा चिन्हमा मतदान गर्न अपिल गरे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x