शुक्रबार, कार्तिक ७, २०८२
Friday, October 24, 2025

महिला टि–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालद्वारा मलेसिया पराजित

काठमाडौं –  मलेसियाविरुद्धको महिला टि–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खला नेपालले जितेको छ ।

मलेसियाको बायोमास क्रिकेट ओभल मैदानमा बुधबार भएको फाइनल अर्थात् पाँचौँ खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेसँगै नेपालले शृङ्खला जितेको हो । फाइनलमा पाँच विकेटको जित निकालेसँगै नेपालले पाँच खेलको शृङ्खला ३–२ ले आफ्नो पक्षमा पारेको हो ।

यसअघिको खेलमा मलेसिया तीन र १३ रनले विजयी हुँदा नेपालले दुवै खेलमा ६ विकेटको जित हासिल गरेको थियो । मलेसियाले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि रुवि पोदारले २६, पूजा महतोले २३, रुविना क्षेत्रीले अविजित १५ तथा सम्झना खड्काले १३ रन बनाए ।

मलेसियाका लागि आइन हामिजा हसिम, नुर डानिया स्युहदा, आइसा एलिसा फिर्डाजु र नुर आल्याले समान एकएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०३ रनको योगफल बनाएको थियो । मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले सर्वाधिक ४० रनको योगदान दिँदा  माहिरा इज्जती इस्माइलले १९, आइन हामिजा हसिमले १५ र नुर डानिया स्युहदाले ११ रन बनाएका  थिए।

नेपालका लागि कविता कुँवर र राजमति ऐरीले समान तीन-तीन विकेट लिए भने रचना चौधरीले एक विकेट हातपारिन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x