बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाइएको छ।

सोमबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम लामाको राजीनामा स्वीकृत भएको जानकारी गराउँदै संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गर्न आह्वान गरेका हुन्।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि साउन २० गते मंगलबार दिउँसो २ बजेभित्र प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न भनिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x